"नेपाल विश्वमा आत्मिय साथी/जीवनसाथीबाट हुने शारिरिक हिंसा अत्यिधिक व्याप्तता भएको १५ देश मध्य १४ औं स्थानमा पर्छ ।"

– श्रोतः विश्व बैंक

"६६ प्रतिशत महिला जसले कुनै किसिमको शारिरिक वा यौनिक हिंसा भोगेका हुन्छन्, उनीहरुले कुनै किसिमको सहयोगको खोजी गर्ने र हिंसाको प्रतिकार गर्न वा रोक्नलाई आफ्ना अनुभव कसैसँग साट्ने गर्दैनन् ।"

– श्रोतः नेपाल स्वास्थ्य जनसांख्यिक सर्वेक्षण २०१६

"नेपालमा १५ देखि ४९ वर्षका २२ प्रतिशत महिलाहरुले १५ वर्षको उमेर देखि शारिरिक हिंसा र ७ प्रतिशतले यौनिक हिंसा भोगेका हुन्छन् ।"

– श्रोतः नेपाल स्वास्थ्य जनसांख्यिक सर्वेक्षण २०१६

"३४ प्रतिशत महिला जसले श्रीमान्द्वारा शारिरिक वा यौनिक हिंसा भोगेका हुन्छन्, उनीहरुले चोट व्यहोरेका हुन्छन् ।"

– श्रोतः नेपाल स्वास्थ्य जनसांख्यिक सर्वेक्षण २०१६

"असार २०७३ देखि जेठ २०७४ सम्म १४०९३ महिलाविरुद्ध हुने विभिन्न प्रकारका हिंसाका घटनाहरु नेपाल प्रहरीमा दर्ता भएका छन्, जसमध्ये ११६५२ घरेलु हिंसाका घटनाहरु, ११३९ बलात्कारका घटना, ५३१ बहुविवाह, ४६५ जबर्जस्ती करणी, २२७ बेचबिखन, २९ वालविवाह, २४ बोक्सीको आरोप र २६ गर्भपतनका घटना रहेका छन् ।"

– श्रोतः नेपाल प्रहरी, २०७४

"५० प्रतिशत भन्दा बढि महिला तथा पुरुषहरु श्रीमानहरुले श्रीमतीहरुलाई कुट्नु सामान्य हो भन्ने धारणा राख्दछन् ।"

– श्रोतः यु एन एस डि २०१५

"संसारभर कम्तीमा ३ मध्ये १ महिलाले आफ्नो जीवनभर चिनेको व्यक्तिवाट शारिरिक तथा यौन हिंसा व्यहोरेका हुन्छन् ।"

– श्रोतः विश्व स्वास्थ्य संगठन, २०१३

"संसारभर ३५ प्रतिशत महिलाले आफ्नो जीवनमा कुनै समयमा शारिरिक वा यौनिक हिंसा आफ्नो आत्मिय साथी/जीवनसाथी वा अरू कसैबाट व्यहोरेका हुन्छन् ।"

– श्रोतः विश्व स्वास्थ्य संगठन, २०१३

"एसियामा गरिएको लैंगिक हिंसाको व्यापकता सर्वेक्षणअनुसार, झन्डै ५० प्रतिशत महिलाले आत्मिय साथी/जीवनसाथीबाट शारिरिक र यौनिक हिंसा भोगेका हुन्छन् ।"

– श्रोत यू एन वुमन, २०१३

"मात्र ४ देश (श्रीलंका, भारत, नेपाल र बंगलादेश) ले घरेलु हिंसालाई निषेध गर्ने कानुन छ ।"

– श्रोतः यू एन वुमन, २०१३

एप डाउनलोड गर्नुहोस्

लैङ्गिक हिंसाबाट बच्न/रिपोर्ट गर्न खबर गरौं एप प्रयोग गर्नुहोस्

Google play badge

अभियन्ता

मोहना अन्सारी माननीय सदस्य तथा प्रवक्ता, राष्ट्रिय मानव अधिकार आयोग

लैङ्गिक हिंसा मानव अधिकारको उल्लंघन हो । जो कोही पनि यसबाट प्रभावित हुन सक्छ । यसका विरुद्धमा एकजुट भएर आवाज उठाऔं । खबर गरौं ११४५ ।

भिडियो हेर्नुहोस्
दिपक बिष्ट तेक्वोन्दो खेलाडी

लैङ्गिक हिंसाबारे के तपाईलाई थाहा छ ? कतै तपाई आफै त हिंसाबाट पीडित हुनुहुन्न ? यसबारे जानकारी र उचित सहयोग लिन राष्ट्रिय महिला आयोगको हेल्पलाइन सेवा ११४५ मा सम्पर्क गरौं ।

भिडियो हेर्नुहोस्
भूमिका श्रेष्ठ तेस्रोलिङ्गी मानव अधिकारकर्मी

लैङ्गिक हिंसारहित सचेत र जिम्मेवार परिवार, समुन्नत समाज निर्माणको आधार । तपाईको सानो सहयोगले व्यक्ति, परिवार र समाज हिंसामुक्त बन्न सक्छ ।

भिडियो हेर्नुहोस्