"नेपाल विश्वमा आत्मिय साथी/जीवनसाथीबाट हुने शारिरिक हिंसा अत्यिधिक व्याप्तता भएको १५ देश मध्य १४ औं स्थानमा पर्छ ।"
"६६ प्रतिशत महिला जसले कुनै किसिमको शारिरिक वा यौनिक हिंसा भोगेका हुन्छन्, उनीहरुले कुनै किसिमको सहयोगको खोजी गर्ने र हिंसाको प्रतिकार गर्न वा रोक्नलाई आफ्ना अनुभव कसैसँग साट्ने गर्दैनन् ।"
"नेपालमा १५ देखि ४९ वर्षका २२ प्रतिशत महिलाहरुले १५ वर्षको उमेर देखि शारिरिक हिंसा र ७ प्रतिशतले यौनिक हिंसा भोगेका हुन्छन् ।"
"३४ प्रतिशत महिला जसले श्रीमान्द्वारा शारिरिक वा यौनिक हिंसा भोगेका हुन्छन्, उनीहरुले चोट व्यहोरेका हुन्छन् ।"
"असार २०७३ देखि जेठ २०७४ सम्म १४०९३ महिलाविरुद्ध हुने विभिन्न प्रकारका हिंसाका घटनाहरु नेपाल प्रहरीमा दर्ता भएका छन्, जसमध्ये ११६५२ घरेलु हिंसाका घटनाहरु, ११३९ बलात्कारका घटना, ५३१ बहुविवाह, ४६५ जबर्जस्ती करणी, २२७ बेचबिखन, २९ वालविवाह, २४ बोक्सीको आरोप र २६ गर्भपतनका घटना रहेका छन् ।"
"५० प्रतिशत भन्दा बढि महिला तथा पुरुषहरु श्रीमानहरुले श्रीमतीहरुलाई कुट्नु सामान्य हो भन्ने धारणा राख्दछन् ।"
"संसारभर कम्तीमा ३ मध्ये १ महिलाले आफ्नो जीवनभर चिनेको व्यक्तिवाट शारिरिक तथा यौन हिंसा व्यहोरेका हुन्छन् ।"
"संसारभर ३५ प्रतिशत महिलाले आफ्नो जीवनमा कुनै समयमा शारिरिक वा यौनिक हिंसा आफ्नो आत्मिय साथी/जीवनसाथी वा अरू कसैबाट व्यहोरेका हुन्छन् ।"
"एसियामा गरिएको लैंगिक हिंसाको व्यापकता सर्वेक्षणअनुसार, झन्डै ५० प्रतिशत महिलाले आत्मिय साथी/जीवनसाथीबाट शारिरिक र यौनिक हिंसा भोगेका हुन्छन् ।"
"मात्र ४ देश (श्रीलंका, भारत, नेपाल र बंगलादेश) ले घरेलु हिंसालाई निषेध गर्ने कानुन छ ।"
“खबर गरौं ११४५” राष्ट्रिय महिला आयोगवाट संचालित निःशुल्क हेल्पलाईन सेवाको नाम हो । लैंङ्गिकतामा आधारित हिंसा वा महिला हिंसा भएको खण्डमा यो हेल्पलाईनमा फोन गरि सहयोग लिन सकिन्छ । यो सेवा चौबिसै घण्टा र हप्ताको सातै दिन संचालन भइरहेको छ ।
थप पढ्नुहोस्लिङ्गको आधारमा गरिने शारीरिक, सामाजिक साँस्कृतिक, आर्थिक, यौनिक वा मानसिक क्षति वा पिडा पुर्याउने कुनै पनि कार्यलाई लैङ्गिकतामा आधारित हिंसा भनिन्छ ।
थप पढ्नुहोस्लैङ्गिक हिंसाबाट बच्न/रिपोर्ट गर्न खबर गरौं एप प्रयोग गर्नुहोस्